तिम्रो खुसी पनि अचम्मको छ
तिम्रो खुसी पनि अचम्मको छ,
अरुले ढलाउँदा ढल्दिन्छ,
अरुको इशारामा चल्दिन्छ।
कसैले अलि लात हान्ने
बित्तिकै भत्किन्छ।
कसैले तान्ने बित्तिकै
तन्किदिन्छ।।
हो, तिम्रो खुसी पनि अचम्मको छ।
जो आफैमा स्थिर छैन,
जसलाई आफैप्रति कुनै भर छैन।
जो आफ्नै खुट्टामा उभिन सकेको छैन,
जो आफ्नै बेगमा बगेको छैन।।
जसले आफैंलाई रोज्न सकेको छैन,
जसले आफैलाई खोज्न सकेको छैन।।।
खोई, त्यस्तोलाई पनि के भन्नु,
त्यसैले , तिम्रो खुसी पनि अचम्मको छ।
Published: 2025-10-19
Comments