गजल
कोही खुला आकाश कोही घर किन बन्छ
पुरा हुन नसक्ने यो रहर किन बन्छ।
मान्छे आनन्द, खुसी, शान्तिकै लागि भागिरहँदा
तर फेरि खुसी नै हराएको अशान्त सहर किन बन्छ।
हिजोसम्म कसैको पछि भौतारिरहेको यो मन
विश्वास गुमाइसकेपछि पत्थर किन बन्छ।।
यहाँ, सबै स्वतन्त्र भएर उड्न चाहन्छन्
तर एक्लो हुँदाखेरि त्यही उडान डर किन बन्छ।।
हर कोही सफलता पाउन प्रयास गरिरहँदा
त्यही प्रयास पनि अमृत र जहर किन बन्छ। ।।
Published: 2025-08-01
Comments